विमानले स्कूलमा इन्धन फ्याँक्दा बालबालिका सहित ६० घाइते | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

विमानले स्कूलमा इन्धन फ्याँक्दा बालबालिका सहित ६० घाइते

एजेन्सी, १ माघ । अमेरिकाको लस एन्जलसमा विमानले फालेको इन्धनका कारण बालबालिका सहित ६० जना घाइते भएका छन् ।

इन्जिनमा प्राविधिक गडबडी आएपछि आकस्मिक अवतरण गर्नेक्रममा विमानले फालेको इन्धन एउटा विद्यालयमा खस्दा बालबालीका सहित ६० जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

लस एन्जलस अन्तराष्ट्रिय विमानस्थलबाट चीनको सांघाईका लागि उड्ने बित्तिकै डेल्टा एयरलायन्सको विमानलाई आकस्मिक अवतरण गराइएको हो । आकस्मिक अवतरण गर्ने क्रममा विमानबाट खाली गराइएको हवाई इन्धन विद्यालयको खेलमैदानमा खसेको थियो ।

जिउमा इन्धन परेपछि चिलाउने र श्वास प्रश्वासमा असर परेका ६० जनालाई उपचारका लागि अस्पताल पु-याइएको थियो । डेल्टा एयरलाइन्सले उडान भर्ने बित्तिकै इन्जिनमा प्राविधिक समस्या देखिएर इन्धन खाली गरेपछि एयरलाइन्स सुरक्षित रुपमा अवतरण गराइएको बताएको छ । यस्तो अवस्थामा इन्धन खाली गरिनु सुरक्षित अवतरणका लागि सामान्य प्रक्रिया भएको एयरलाइन्सको विज्ञप्तिमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);