'चीनले ताइवानप्रति सम्मान देखाउनुपर्छ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

‘चीनले ताइवानप्रति सम्मान देखाउनुपर्छ’

एजेन्सी, १ माघ । ताइवानकी नव निर्वाचित राष्ट्रपति साइ यिंग वुनले चीनले ताइवानप्रति सम्मान दर्शाउन आवश्यक रहेको बताएकी छन् ।

दोस्रो कार्यकालका लागि बहुमतले निर्वाचित भएकी ताइवानी राष्ट्रपति साइले उक्त कुरा बताएकी हुन् । उनले ताइवानको सार्वभौमसत्ताबारे कुनै शंका नरहेको र त्यसबारे वार्ता गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

चीनले लामो समयदेखि ताइवानमाथि आफ्नो सार्वभौमसत्ता दाबी गर्दै आवश्यक परे बल प्रयोग गरेर भए पनि त्यो अधिकार लिने बताउँदै आएकोे छ । साइले आफ्नो जितबाट “एक चीन“ नीतिप्रति ताइवानी जनताको समर्थन नरहेको स्पष्ट हुने दावी गरिन् ।

चीनले अतिक्रमण गर्न खोजे त्यसको ठुलो मुल्य चुकाउनु पर्ने राष्ट्रपति साइको भनाइ छ । गत शनिबार भएको राष्ट्रपति निर्वाचनमा साइले ५७ प्रतिशत अर्थात ८२ लाख मत पाएकी थिइन् । चीनको समर्थन रहेको उनका प्रतिष्पर्धी हान किओ यूले ३९ प्रतिशत मत पाएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);