चीनको दबावको सामु नझुकी लोकतान्त्रको रक्षा गर्ने ताइवानी राष्ट्रपति साईको भनाइ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

चीनको दबावको सामु नझुकी लोकतान्त्रको रक्षा गर्ने ताइवानी राष्ट्रपति साईको भनाइ

एजेन्सी । ताइवानी राष्ट्रपति साई इङ्–वेनले आफ्नो देशले चीनको दबावको सामु नझुकी लोकतान्त्रिक जीवनको रक्षा गर्ने बताएका छन् ।

ताइवानको राष्ट्रिय दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै ताइवानी राष्ट्रपति साईले यस्तो प्रतिक्रिया दिनुभएको हो । साइ इङ्–वेनले चिनियाँ दबाव अगाडि आफ्नो देशले घुँडा नटेक्ने बताएपछि चीनले भने संवादको ढोका बन्द भएको टिप्पणी गरेको छ ।

ताइवानको राष्ट्रिय दिवसको अवसरमा त्यहाँकी राष्ट्रपतिले दिएको भाषणलाई उत्तेजक भन्दै चिनिया राष्ट्रपति सि जिनपिङले ताइवानले भिडन्त चाहेको बताउनुभयो । ताइवानी राष्ट्रपतिले आफ्नो मुलुकमा प्रजातान्त्रिक जीवनशैली जारी राख्ने बताएपछि बेइजिङ क्रुद्ध बनेको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनमा मिसाएर ‘पुनः एकीकरण गर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै ताइवानी राष्ट्रपतिले कडा जवाफ दिनुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);