इराकी संसदद्वारा बिदेशी सेनालाई इराक छाड्न आदेश | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

इराकी संसदद्वारा बिदेशी सेनालाई इराक छाड्न आदेश

irak sadan

एजेन्सी, २१ पुस । इराकको संसदले मुलुकमा रहेका सबै विदेशी सेनालाई फिर्ता हुन सुचना जारी गरेको छ । अन्तर्राष्ट्रिय गठबन्धन अन्तर्गत इराकमा ५ हजार अमेरिकी सेना कार्यरत छन् ।

इराकमा इरानी कुर्दिश सेनाका प्रमुख कसिम सुलेमानीको अमेरिकी हवाई आक्रमणमा परी मृत्यु भएपछि मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ ।

सो घटनापछि बगदाद स्थित अमेरिकी दुतावास नजिक ४ वटा रकेट आक्रमण भएका छन् । घटना पछि इराकको संसदले मुलुकमा रहेका सबै विदेशी सेनालाई फिर्ता हुन सुचना जारी गरेको हो ।

अमेरिकासंग तनाव बढेपछि इरानद्वारा आणविक संझौता पालना नगर्ने घोषणा

अमेरिकासँगको तनाव चुलिँदै गएपछि इरानले सन् २०१५ मा भएको आणविक सम्झौतालाई पालना नगर्ने घोषणा गरेको छ । राजधानी तेहरानमा सम्पन्न इरानी मन्त्रिपरिषद् बैठकले आणविक हतियारको उत्पादनलाई सिमित गर्नका लागि भएको सम्झौता अनुसार भण्डारण र उत्पादनको परिधिभित्र नरहने स्पष्ट पारेको हो ।

सन् २०१५ मा अमेरिकाका तत्कालिन राष्ट्रपति बाराक ओबामाले इरानसँगको सम्बन्ध सुधारको प्रयास स्वरुप बेलायत, फ्रान्स, रुस, जर्मनी सहित संयुक्त रुपमा आणविक सम्झौता गरेका थिए । आणविक सम्झौता गल्ती भएको भन्दै अमेरिका समेत बाहिरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);