अमेरिकाद्वारा इरानी सेनालाई आतंककारी संगठनको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकाद्वारा इरानी सेनालाई आतंककारी संगठनको घोषणा

एजेन्सी, २६ चैत । अमेरीकाले इरानी सेना अर्थात रिभोलुस्नरी गार्ड कर्प्सलाई विदेशी आतंकबादी संगठन घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानकोे आईआरजीसीले पहिलेदेखि नै आतंककारीलाई समर्थन दिँदै आएको आरोप लगाउँदै आतंककारी घोषणा गरेका हुन् ।

अमेरिकाले यो पहिलो पटक अरु देशको सेनालाई आतंककारी संगठन घोषणा गरेको हो । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सेनालाई आतंकवादी सङ्गठन घोषणा गरेर त्यसको प्रत्युत्तर दिएको छ ।

केही महिनाअघि ट्रम्पले इरानसँगको परमाणुसम्झौंता भंग गरेपछि वाशिङ्टन र तेहरानबीच तनाव बढेको थियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानले एउटा सामान्य देश जस्तो व्यवहार गर्न सुरु नगरेसम्म प्रतिबन्ध र दबाबको रणनीति जारी रहने बताएका छन् । सन् १९७९ को इरानी क्रान्ति पश्चात इरानमा क्रान्तिकारी गार्डको गठन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);