इराकबाट अमेरिकी सेना फिर्ता गर्ने बेला भएको छैन : रक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

इराकबाट अमेरिकी सेना फिर्ता गर्ने बेला भएको छैन : रक्षामन्त्री

mark esper-trump

एजेन्सी, २२ पुस । अमेरिकाले इराकबाट आफ्ना सेना फिर्ता नहुने स्पष्ट गरेको छ । अमेरिकी रक्षामन्त्री मार्क इस्परले इराकबाट अहिले अमेरिकी सेना फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इराकी संसद्ले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसपछि अमेरिकी सैन्य जनरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रको जवाफमा रक्षामन्त्री इस्परले इराकबाट आफ्ना सेना फिर्ता नहुने स्पष्ट गरेका हुन् ।

यस अघिनै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेनालाई फिर्ता गर्न दबाव दिए इराकविरुद्ध कडा प्रतिबन्ध लगाउने चेतावनी दिइसकेका छन् । इराकमा इरानी सैन्य जनरल कासिम सुलेमानीको इराकमा अमेरिकी आक्रमणबाट मृत्यु भएपछि यस्तो अन्योल सिर्जना भएको हो ।

इराकको संसद्ले पारित गरेको संकल्प प्रस्ताव त्यहाँको सरकारका लागि बाध्यकारी भने हुनेछैन । तर इराकी प्रधानमन्त्रीले पनि अमेरिकी सेना फिर्ता हुनुपर्ने पक्षमा रहेको बताइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);