काठमाडौं, २९ पुस । काठमाडौंमा दूर संचार सेवा प्रदायक कम्पनी एनसेलका दुईवटा टावरमा अगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमलेमा रहेको एनसेल टावरमा आगजनी भएको हो । त्यसैगरी तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको अर्को टावरमा पनि सोमबार राति नै आगजनी भएको ।
आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ । आगजनीमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको अनुमान गरिएको छ ।




