नक्कली प्रहरी बनेर रकम असुली गर्ने दुईजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नक्कली प्रहरी बनेर रकम असुली गर्ने दुईजना पक्राउ

pakrau

विराटनगर, २८ पुस । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको ब्यूरोका प्रहरी हौं भनि स्थानीय व्यापारीसंग ६ हजार रुपैयाँ लिइरहेको अवस्थामा दुई जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका – १ निवासी २८ वर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका – ३ निवासी २० वर्षीय जीवन दास रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय राजगढको प्रहरीको टोलीले नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

वाह्रदशी गाउँपालिका – ३ स्थित राजगढ बजारमा चकचकी निवासी व्यवसायी अरफाक आलमसंग रकम लिइरहेको अवस्थामा आज दिउँसो १२ वजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);