सञ्चारकर्मी डिबी खड्काको पुस्तक नियत सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सञ्चारकर्मी डिबी खड्काको पुस्तक नियत सार्वजनिक

काठमाडौं, २८ पुस । सञ्चारकर्मी डिबी खड्काको पुस्तक नियत सोमबार विमोचन भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी पुस्तक विमोचन भएको हो ।

प्रज्ञा भवनमा भएको कार्यक्रममा अभिनेत्रीहरू रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले ‘नियत’ विमोचन गर्नुभएको थियो । पुस्तकमा कलाकारिता क्षेत्रमा प्रवेश गर्दा/संघर्ष गरिरहँदा कलाकारले भोगेका कथा र उनीहरूमाथि त्यही क्षेत्रका मानिसहरूले राखेको गलत नियतका विषयका कथाहरु समेटिएका छन् ।

पुस्तक विमोचन समारोहमा सहभागि अभिनेत्री रेखा थापाले महिला मात्रै नभएर पछिल्ला समय पुरुष पनि हिंसाको शिकार भएको बताउनुभयो । अहिले एकतातिर बलात्कार र महिला हिसा बन्द गरौ भन्ने अर्को तिर उनीहरुको दृष्टिकोण सधै नकारात्मक हुने बताउनुभयो ।

अभिनेत्री स्वस्तिमा खड्काले आफुले सुरुवाती चरणमा केही नराम्रा सन्देशहरु सामाजिक सञ्जालमा पाउने गरेपनि पुस्तकमा उल्लेख भएजस्तो हिंसाको शिकार आफु नभएको बताउनुभयो ।

उहाँले संघर्षको समयमा भिडियो खेलाएबाफत तिमीले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्ने सन्देशहरु आउने गरेपछि आफुले त्यस्ता व्यक्तिहरुलाई सामाजिक सञ्जालबाट नै ब्लक गरिदिने गरेको सुनाउनुभयो ।

पुस्तकका लेखक डिबी खड्काले नेपाली रंग क्षेत्रमा देखिएका कुराहरु नै पुस्तकमा समेटिएको बताउनुभयो । विमोचनमा पत्रहरुको नाम र तस्वीर किन राख्नुभएन भन्ने प्रश्नमा उहाँले पीडित पात्रको नाम र तस्वीर सार्वजनिक गर्दा उहाँहरुमाथि थप पीडा हुने भएकाले नसमेटिएको बताउनुभयो ।

अहिले पनि धेरै कलाकारहरु नेपाली कला क्षेत्रमा सक्रिय रहेको र उहाँहरुको तस्वीर नाम छापिएपछि समाजले हेर्ने दृष्टिकोण नै फरक बनाउने उहाँको भनाई छ । खड्का रंग पत्रकारिता क्षेत्रमा करिब एक दशकदेखि सक्रिय हुनुहुन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);