प्रेस स्वतन्त्रतामाथि कुनै खतरा छैन : गोकुल बाँस्कोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रेस स्वतन्त्रतामाथि कुनै खतरा छैन : गोकुल बाँस्कोटा

gokulprasad-baskota

काठमाडौं, २४ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रता माथि कुनै खतरा नरहेको स्पस्ट पार्नुभएको छ ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको स्पष्ट हुन आग्रह गर्नुभयोे ।

मन्त्री बाँस्कोटाले सरकारले ‘संमृद्ध नेपाल, गरिब पत्रकारिता’ को अवधारणा नलिएको स्पष्ट पार्दै पत्रकारको हकहित भन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने जानकारी दिनुभयो । स्थापना दिवसको अवसर पारेर स्थानीय पत्रकार दवाब साप्ताहिकका सम्पादक अमर भुजुलाई मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार, ध्रुव मधिकर्मीलाई स्वर्गीय भगवान महर्जन स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);