कास्कीमा विद्या भट्टराईको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कास्कीमा विद्या भट्टराईको अग्रता

bidhya bhattarai matadan

कास्की, १५ मंसिर । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । एउटा वडाको मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिनु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ को मतगणना सकिँदा विद्याले ३ हजार २ सय मत ल्याउनु भएको हो । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ मतसहित पछ्याइरहनु भएको छ ।

वडा नम्बर ३३ मा कूल ७ हजार ९ सय ९१ मतदातामध्ये ५ हजार ६ सय ४३ मत खसेको थियो । अहिले वडानम्बर २१ को मतगणना जारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);