बर्दिया, १ मंसिर । बर्दियामा ५८ किलो चरेससहित पक्राउ परेका ५ जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले आइतबार सार्वजनिक गरेको छ । सीमा पारी भारत लैजाँदै गर्दा ५८ किलो चरेरसहित शनिबार पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
शनिबार साँझ गुलरिया बजारको टाँगा स्टेसन निर करिब ८ बजे प्रहरीको दैनिक चेकजाँचका क्रममा चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । ५८ किलो चरेस सहित बर्दियामा पक्राउ पर्नेहरुमा रोल्पा र पुर्वी रुकुमका ५ जना रहेका छन् ।
पक्राऊ पर्नेमा पूर्वी रुकुमका २६ वर्षीया अस्मिता रामजाली मगर, ३४ वर्षीया ठानी मगर, २७ वर्षीया जूनतारा पुन, ३४ वर्षीय रामकुमार पुन र रोल्पाका २९ खिम प्रसाद रोका रहेका छन् । पक्राऊ परेकाहरुबाट ५ थान मोबाइल सेट र नेपाली र भारतीय ३२ हजार नगद समेत बरामद गरिएको छ ।