पहिरोले बस्ती नै जोखिममा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पहिरोले बस्ती नै जोखिममा

chure jhapa

झापा, १ मंसिर । चुरे दोहनसँगै त्यसको प्रत्यक्ष प्राकृतिक असर झापाका विभिन्न मानव बस्तीमा देखिन थालेको छ । दोहनका कारण बस्ती नै पहिरो र भू–क्षयको जोखिममा परेपछि स्थानीय निकायको पहलमा जोखिमयुक्त मानव बस्ती स्थानान्तरण गरिएको छ ।

कुनैबेला खेतीबारी सहित करिब १० घर भएको यो मानव बस्ति अहिले भने पुरै पहिरोमा परिणत भएको छ । बिरान नामको यो गाउँ नै अहिले पेरुङ्गे पहिरोको नामले परिचत छ । इलाम र झापाको सिमावर्ती चुरे क्षेत्रमा रहेको झापाको अर्जुनधारा नगरपालिका–१ स्थित माथिल्लो बिरान गाउँ नै भासिएपछि बस्ती स्थानान्तरण गरिएको छ । २०७१ सालबाट निरन्तर मानव बस्ती नै भाँसिन थालेपछि बस्ती स्थानान्तरण गरिएको हो । करिव १० घरधुरी रहेको यो गाउँका सबै घरहरु चर्कीने, भासिने र लड्ने भएपछि बस्न नसकिएको स्थानीयले बताएका छन् ।

स्थानीय नेते खोला किनारामा रहेको यो गाउँ जोगाउन तात्कालिन भू संरक्षण कार्यालयको आर्थिक सहयोगमा तार जाली सहितको बाँध निर्माण गरेको भएपनि भूस्खलन नरोकिएपछी स्थानीयले नगरपालिका गुहारेका हुन् । नगरपालिकाको १० लाख रुपैँयाको आर्थिक सहयोगमा करिव नौ कठ्ठा जग्गा खरिद गरी बस्ती सारिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको चुरे क्षेत्रमा रहेको जोखिमयुक्त बस्तीलाई एकिकृत गर्ने लक्ष्य अनुरुप पुरै बस्ती स्तानान्तरण गरिएको नगरपालिकाको भनाई छ ।

नगरपालिकाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अंतर्गत बस्ती जोगाउन नेते खोला किनारमा बाँध निर्माण कार्य समेत गरीरहेको छ । अर्जुनधारा नगरपालिका मात्र होइन इलाम र झापाको सिमावर्ती चुरे क्षेत्रका प्राय सबै मानवबस्ती भौगोलिक रुपले उच्च जोखिममा रहेको पाइन्छ । तसर्थ यस्ता जोखिमयुक्त बस्तीको पहिचान गरी बेलैमा सचेतता अप्नाउन नसके भविष्यमा यसले ठूलो विनास ननिम्त्याउला भन्न सकिन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);