नदीको कटानले तातोपानी बस्ती जोखीममा, राजनीतिक दललाई तातोपानी प्रवेश निषेध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नदीको कटानले तातोपानी बस्ती जोखीममा, राजनीतिक दललाई तातोपानी प्रवेश निषेध

सन्दिप शर्मा,

काठमाडौं । गत असार र कार्तिकमा परेको भारी बर्षाका कारण म्याग्दी नदीमा आएको बढीले कटान गरेपछि म्याग्दीको बेनी नपरपालिका ४ सिङ्गा तातोपानीमा रहेको तातोपानी बस्ती जोखिममा परेको छ । तातोपानीमा रहेको सरस्वती मा.वि र दुईसय पचास घरधुरी जोखिममा परेको तातोपानी बचाउँ अभियानका अभियान्ता दिपेश केसीले बताए ।

तातोपानी कै मसारमा बसोबास रहेको १८ घरधुरी तर्फ म्याग्दी नदीले धार परिर्वतन गरी बग्न थालेको छ । नदिनले उक्त बस्ती पुर्ण रुपमा जोखिममा पारेको छ । “गड्याङगुडुङ” गर्ना साथ ‘रात भरी निद्रा लाग्दैन’ स्थानीय किरण शाहीले भने । ‘रात भरी आँखा चिम्लिन पनि पाउने होइन’ ‘घरमुनी नै खोला बग्छ अरु ठाउँमा गएर बस्ने बासस्थान पनि छैन’ उनले भने । किरणका मात्रै होइन मसारका १८ घरधुरीमा बसोबास गर्ने सबैका आँखा आकाशमा बादल लाग्न साथ रातभरी जागा नै बस्ने गरेका छन् । नदीले बस्ती तर्फ कटान गर्ना साथ जिल्ला स्थित राजनैतिक दल र सम्बन्धित निकायहरु राहत लिएर ठुला ठुला भाषण छाट्न पनि उक्त क्षेत्रमा नपुगेका होइनन् । तर उनीहरुको कुरा भाषणमा मात्रै सिमित रहँदा स्थानीयहरु रातभर जागा बस्न बाध्य भएका छन् ।

गाउँमा कहिले काँही आउने गफ मात्रै गर्ने, ठुला ठुला भाषण र आरोप प्रत्यारोप लगाउने काम बाहेक अरु गर्न नसकेपछि, अहिले तातोपानीमा रहेको हट स्प्रिङ्ग युवा क्लबले राजनैतिक दल र उनिहरुको कार्यक्रम उक्त क्षेत्रमा प्रतिबन्ध नै लगाएको छ । बस्ति बचाउने योजना सहित नेता आए “फुलमाला लगाएर स्वागत गर्छौं” तर फेरी पनि भाषण मात्रै लिएर आए “बहिस्कार गर्छौं” स्थानीय दिपेश केसीले भने । हामीलाई अहिले हाम्रो बस्ती जोगाउनु छ । हामी यो त्यो नभनी सबै राजनीतिक दलको कार्यक्रम निषेध गरेका छौं । गाउँका स्थानीय बुद्घिजीवी सहित सबैको साथ छ उनले बताए ।

अझै सम्म नदी कटानलाई रोक्न कुनै पनि योजन तथा बजेट बिनियोजन नहुनु तातोपानी बासीका लागि दुखद कुरा हो । यदि समयमा नै सम्बन्धित निकायले चासो दिएन भने गाउँ सबै बगरमा परिणत हुन्छ हट स्प्रिङ्ग युवा क्लबका अध्यक्ष पदम बानियाँले भने ।

नदिले कटान गर्दा तातोपानी कुण्ड सहित तल्लो तातोपानी बजार र माथिल्लो तातोपानी बजारका दुईसय पचास भन्दा बढी घर धुरी समेत जोखीममा परेका छन् । अली ठुलो पानी पर्ना साथ सरस्वती मा.वि र मसार क्षेत्र नदीमा आएको भेलबाढीले बगर नै हुने निश्चित भएको छ । तुरुन्तै केही नगरे आँखै अगाडि ठुलो दुर्घटना घट्न सक्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);