१७ केजी चरेससहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१७ केजी चरेससहित २ जना पक्राउ

chares pakrau bardiya

बर्दिया, १ पुस । पछिल्लो समय बर्दियाबाट भारतका विभिन्न शहरमा चरेस आपूर्ति हुन थालेपछि बर्दिया प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले मंगलबार बिहान बर्दिया जिल्लाको फुटाहाबाट १७ केजी चरेस सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी जमुनिका ईन्चार्ज प्रहरी नायव निरिक्षक धनबहादुर केसीको नेतृत्वमा गएको टोलीले फुटाहा स्थित भारतीय सीमा क्षेत्र बलैगाउ जाने बाटोबाट मंगलबार २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पा जिल्ला रोल्पा नगरपालिकाका २३ बर्षीय सजिन बिक र २४ बर्षीय निर्मला बुढा मगर रहेका छन् ।

बर्दिया जिल्लाको गुलरियाबाट पनि यस अघि ५८ केजी चरेससहित ५ जना पक्राउ परेको थियो । साथै केही दिन अघि मात्र पनि प्रहरीले ११ केजी चरेस पनि पक्राउ गरेको थियो ।
chares

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);