सिमा बिवाद समाधान गर्न सरकारले चाँडो पहल गर्नुपर्छ : रामचन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सिमा बिवाद समाधान गर्न सरकारले चाँडो पहल गर्नुपर्छ : रामचन्द्र पौडेल

ramchandra-poudel

इलाम, २९ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल भारत सिमा बिवाद समस्या समाधान गर्न सरकारले चाँडो पहल गर्नु पर्ने बताउनु भएको छ ।

इलाम सदरमुकाममा शुक्रबार स्थानीय तह पार्टी संरचना समायोजन घोषणा सभामा बोल्दै बरिष्ठ नेता पौडेलले भारत र चीन दुवैतर्फको सिमा समस्या हल गर्ने उपयुक्त समय आएको बताउनु भयो ।

राष्ट्रियताको सवाल भएकाले सरकारले सिमा समस्या हल गर्न थालेको कदममा रचनात्मक सहयोग गर्न कांग्रेस तयार रहेको उहाँको भनाई थियो ।

त्यस्तै सोही कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले कम्युनिष्टहरुले संघियतामा विश्वास नगर्ने भएकाले पनि हाल जताततै भ्रष्टाचार मौलाएको आराेप लगाउनुभयाे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);