सीमा विवाद समाधान गर्न तत्काल प्रधानमन्त्रीस्तरमै संवाद गर्नुपर्छ : नारायणकाजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सीमा विवाद समाधान गर्न तत्काल प्रधानमन्त्रीस्तरमै संवाद गर्नुपर्छ : नारायणकाजी

narayankaji shrestha

काठमाडौं, २९ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँगको सीमा विवाद समाधान गर्न तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्ने बताउनु भएको छ ।

प्रवक्ता श्रेष्ठले लिम्पियाधुरा, कालापानीलगायतका नेपाली भूमि भारतले अतिक्रमण गरेको उल्लेख गर्दै यो समस्याको समाधान गर्न उच्चस्तरीय राजनीतिक कूटनीतिक संवादको विकल्प नरहेको आफ्नो पार्टीको निष्कर्ष रहेको पनि स्पष्ट पार्नु भयो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारतसँगको सीमा समस्या समाधान गर्न वर्तमान सरकार सफल हुने दावी गर्नु भयो । ‘केपी ओली नेतृत्वको अघिल्लो सरकारले भारतबाट हुने नाकाबन्दीको अन्त्य गरेर भारतलाई झुकाउन सफल भएको थियो, प्रवक्ता श्रेष्ठले भन्नु भयो, ‘अव दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न पनि वर्तमान सरकारबाट सम्भव छ ।’

त्यसका लागि सरकारलाई सबै राजनीतिक दलहरुको सहमति र जनताको समेत साथ र सहयोग रहेको पनि प्रवक्ता श्रेष्ठको भनाई छ ।

कार्यक्रममा बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि नागरिक अगुवाहरुलाई निरन्तर सरकारलाई दवाव दिन पनि आग्रह गर्नु भयो । उहाँले जनताको सचेत दवावले सरकारलाई सो समस्या समाधान गर्न सघाउ पु-याउने पनि स्पष्ट पार्नु भयो ।

परराष्ट्रविद श्रेष्ठले भारतसँगको सीमा समस्या समाधान गर्ने उपयुक्त अवसर आएकाले त्यसको सदुपयोग हुने गरी उच्चस्तरीय राजनीतिक कूटनीतिक पहलकदमी लिन सरकारलाई आग्रह गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);