'नेपाल-भारत सीमा समस्या समाधान गर्न कुटनीतिक पहल आवश्यक' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘नेपाल-भारत सीमा समस्या समाधान गर्न कुटनीतिक पहल आवश्यक’

sadak antarkriya1

काठमाडौं, २१ मंसिर । बुद्धिजीविहरुले नेपाल-भारत सीमा विवाद समाधानकालागि तत्काल कुटनितीक पहल चाल्न सरकारको ध्यानार्कषण गराएका छन् । शनिबार राजधानीमा आयोजीत सडक अन्तरक्रिया कार्यक्रममा सहभागी बुद्धिजिवीहरुले भारतले नेपालको भुमि मिचेर नया नक्शा सार्वजनिक गरेको अवस्थामा नेपालले पनि आफनो भूभाग समाबेश गरेर नया नक्सा निकाल्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल र सीमा बचाउ अभियानका अभियन्ता श्याम श्रेष्ठले सीमा विवाद समाधान गर्न सरकारले तत्काल पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा परराष्ट्रविद्ध हिरण्यलाल श्रेष्ठले सुगौली संन्धिमा बनाएको नेपाली भूमि समाबेश गरिएको लालपुर्जा सार्वजनिक गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
sadak antarkriya
बुद्धिजिवीहरुले सिमा समस्या समाधानका लागि नागरिक र सबै राजनीतिक दलहरु एकजुट भएको अवस्थामा सरकारले यसको फाइदा लिएर तत्काल भारतसंग वार्ता गर्नुपर्नेमा जोड समेत दिएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);