ट्रम्पद्धारा कर सम्बन्धी कागजपत्र सार्वजनिक गर्न अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

ट्रम्पद्धारा कर सम्बन्धी कागजपत्र सार्वजनिक गर्न अस्वीकार

trump

एजेन्सी, २९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको एउटा फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका छन् । न्यूयोर्कस्थित अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धान अन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको अदालतले ट्रम्पका नाममा आदेश दिएको थियो ।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पसँग सम्बन्ध रहेका भनिएका दुई महिलालाई तिरिएको रकमबारेको अनुसन्धान अन्तर्गत ती कागजपत्र माग गरिएका हुन् । आफ्ना कर सम्बन्धी कागजपत्र सार्वजनिक गर्न अस्वीकार गर्ने ट्रम्प दशकौं यताका पहिलो अमेरिकी राष्ट्रपति हुन् । आफ्ना कर सम्बन्धी विवरणलाई गोप्य राख्ने यो राष्ट्रपति ट्रम्पको सबैभन्दा पछिल्लो प्रयास हो ।

यसै महिनाको सुरूमा न्यूयोर्कको एउटा अदालतले अभियोजकहरूले ट्रम्पको लेखा हेर्ने फर्मबाट उनको व्यक्तिगत र व्यापारिक दुवै सूचना माग गर्न कानूनी सूचना जारी गर्नसक्ने उल्लेख गरेको थियो। उक्त फौजदारी अनुसन्धान ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई त्यसलाई गोप्य राख्न दिएका रकमको बिषय जोडिएको बताइन्छ । ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका छन्। उनका वकिलहरूले चाँहि राष्ट्रपति पदमा बाहाल रहेका बेला ट्रम्पविरूद्ध फौजदारी अनुसन्धान हुन नसक्ने जिकिर गरिरहेका छन् । उनीहरूले सर्वोच्च अदालतसंग उक्त संवैधानिक विषयलाई राष्ट्रपतिले पाउने उन्मुक्तिसँग जोडेर हेर्नुपर्ने माग गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);