भ्रष्टाचारको फाइल जलाउन सशस्त्र प्रहरी हेडक्वार्टरको स्टोरमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, पुस १२ । सशस्त्र प्रहरी बलको हेडक्वाटरमा भएको आगलागी भ्रष्टाचार सम्बन्धी कागजपत्र नष्ट गर्न सशस्त्रको कर्मचारीले गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो ।

महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान आगलागी गराएको देखिएपछि पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी बृत्त स्वयम्भुमा पठाइएको छ ।
‘अनुसन्धानमा दुर्घटनाका कारण नभई सशस्त्रको कर्मचारीले मट्टितेल छर्किएर आगो लगाएको देखिएपछि श्रेष्ठलाई पक्राउ गरेका हौं,’ उनले भने‘ नियोजितरुपमै आगो लगाएको देखिएपछि कारवाही प्रकृयाका लागि घटनास्थल रहेको क्षेत्रको प्रहरी कार्यालयमा पठाएका छौं ।’

सशस्त्रमा सामान ढुवानी शिर्षकमा नक्कली विल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अनुसन्धानकोक्रममा सशस्त्रको ३ सइ र एक हवल्दार निलम्बनमा परेका छन् ।भ्रष्टाचारमा हवल्दार श्रेष्ठ समेत संलग्न हुनसक्ने देखिएपछि अख्तियारले बोलाएर उनको बयान लिई आवश्यक कागजपत्र मगाएको थियो । कागजपत्र बुझाउँदा आफु भ्रष्टाचारमा तानिने भएपछि उनले प्रमाण नष्ठ गर्न फाइल स्टोरमा लगेर राखी आगो लगाएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);