विश्वकप छनाेटको दोश्रो चरण : मंगलबार नेपाल जोर्डनसँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वकप छनाेटको दोश्रो चरण : मंगलबार नेपाल जोर्डनसँग भिड्दै

काठमाडौं, २७ असोज । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल छनोटको दोस्रो चरणमा मंगलबार नेपाल र जोर्डनबीच खेल हुँदैछ । विश्वकप छनोटको दोस्रो चरणमा दुवै टिम मंगलबार भिड्न लागेका हुन् ।

खेल जोर्डनको अम्मान अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । ८ वर्षअघि जोर्डनसंग व्यहोरेको ९–० गोल अन्तरको हारलाई नेपालले सुधार गर्ने अपेक्षा गरिएको छ ।

सन् २०११ को अक्टुवर २३ तारिखमा नेपालले सन् २०१४को बिश्वकप छनौटमा जोर्डनको मैदानमा ९–० को हार व्यहोरेको थियो । तर त्यसको ५ दिनपछि नेपालले दशरथ रंगशालामा जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो ।

फिफा बरियतामा नेपाल भन्दा ६३ स्थानमाथि रहेको जोर्डनले घरेलु मैदानमा नेपाललाई दबाबमा राख्न प्रयास गर्नेछ । नेपाली टिम जोर्डनविरुद्व अंक खोस्ने दाउमा हुनेछ ।

छनोट चरणको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोल अन्तरबाट हारेको थियो भने दोस्रो खेलमा चाईनिज ताईपेलाई २–० ले हराएको थियो । सन् २०२२ को विश्वकप फुटबल छनोट अन्तर्गत गत सातामात्र अष्ट्रेलियामा भएको खेलमा नेपाल ५–० ले पराजित भएको थियो ।

छनोट खेलमा अहिलेसम्म नेपालले तीन खेलबाट ३ अंक जोेडेर चौथो स्थानमा छ । यो समुहमा अष्ट्रेलिया पहिलो, कुबेत दोस्रो र जोर्डन तेस्रो स्थानमा छन् । चाइनिज ताईपेइ तालिकाको पुछारमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);