एक युवकको हत्या, समूहमा आएका युवाहरुले आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

एक युवकको हत्या, समूहमा आएका युवाहरुले आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाई

hatya

काठमाडौँ, २३ असोज। स्याङ्जाको हरिनास गाउँपालिकामा एक युवकको हत्या, समूहमा आएका युवाहरुले आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाई ।

स्याङ्जाको हरिनास गाउँपालिकामा बुधबार राति एक युवकको हत्या भएको छ ।

हरिनास गाउँपालिका–५,  वलिकोटमा अन्दाजी २८ वर्षीय महेन्द्रबहादुर आलेको हत्या भएको हो । हरिनासकै क्याक्मी हटियाका युवाहरुले आक्रमण गर्दा आलेको घटनास्थलमै मृत्यु गएको वडाध्यक्ष डण्डबहादुर रानाले बताउनुभयो । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले आलेमाथि आक्रमण गरेको बताइएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानीको टोली नै पुगिसकेको छ । हत्यामा संम्लग्न भएको आशंकामा केही व्यक्ति प्रकाउ परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);