एक युवकको हत्या, समूहमा आएका युवाहरुले आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाई | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

एक युवकको हत्या, समूहमा आएका युवाहरुले आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाई

hatya

काठमाडौँ, २३ असोज। स्याङ्जाको हरिनास गाउँपालिकामा एक युवकको हत्या, समूहमा आएका युवाहरुले आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाई ।

स्याङ्जाको हरिनास गाउँपालिकामा बुधबार राति एक युवकको हत्या भएको छ ।

हरिनास गाउँपालिका–५,  वलिकोटमा अन्दाजी २८ वर्षीय महेन्द्रबहादुर आलेको हत्या भएको हो । हरिनासकै क्याक्मी हटियाका युवाहरुले आक्रमण गर्दा आलेको घटनास्थलमै मृत्यु गएको वडाध्यक्ष डण्डबहादुर रानाले बताउनुभयो । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले आलेमाथि आक्रमण गरेको बताइएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानीको टोली नै पुगिसकेको छ । हत्यामा संम्लग्न भएको आशंकामा केही व्यक्ति प्रकाउ परेका छन् ।