अव्यवस्थित बजार नियन्त्रण गर्न इलाममा सिटी मार्ट निर्माण हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अव्यवस्थित बजार नियन्त्रण गर्न इलाममा सिटी मार्ट निर्माण हुँदै

city mart illam

टिका खतिवडा
इलाम, २३ असोज । इलामका ब्यापारी तथा उपभोक्ताहरुलाई सहज होस भनेर इलाम वजारमा सिटी मार्ट निर्माण भइरहेको छ । यो सिटीमार्ट निर्माण भएपछि जिल्लावासीलाई बजारको नयाँ अनुभव हुने र किनमेलका लागि सहज हुने अनुमान गरिएको छ । प्रदेश सरकारले १ करोड ३५ लाख लगानी गरेको सिटी मार्टमा बाँकी रकम नगरपालिका र स्थानीय व्यापारीको लगानी रहने छ ।

इलाम बजारको अव्यवस्थित वजारलाई नियन्त्रण गर्न र उपभोक्तालाई किनमेल सहज बनाउन प्रदेश सरकार र इलाम नगरपालिकाको पहलमा सिटी मार्ट निर्माण भइरहेको छ । देशकै दोस्रो सफा सहर घोषित इलाम वजारलाई अझ व्यवस्थित बनाउन सिटी मार्टले सहयोग गर्ने अपेक्षा सहित मार्ट निर्माण गर्न थालीएको हो ।

अहिले निर्माणको काम आधा भन्दा बढी भइसकेको छ । पाँच तल्ले सीटी मार्ट बनाउन प्रदेश सरकारले एक करोड ३५ लाख लगानी गरेकोे छ । अन्य रकम इलाम नगरपालिका र स्थानिय व्यापारीहरुको लगानी रहने छ ।

सार्वजनिक नीजि साझेदारीमा निर्माण भइरहेको सिटी मार्ट आगामी बैशाख सम्ममा सम्पन्न हुने निर्माण व्यवसायीको दावीे छ । पाँच तले भवनमा २ वटा लिफ्ट सहित ९१ वटा पसल रहने छन् । अपाङ्ग मैत्री भवनमा ३८ वटा सी सी क्यामेरा जडान गरिने छ ।

नौ करोड ८० लाख लागतमा निर्माण भइरहेको सिटी मार्ट निर्माणपछि इलाम बजारमा अव्यवस्थित रुपमा संचालनमा रहेका कपडा पसल, मासु पसल र तरकारी पसल व्यवस्थित हुने विश्वास गरिएको छ । सिटी मार्ट भवन निर्माणमा स्थानीय खुद्रा पसलेहरुले समेत लगानी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);