शेयरबजार परिसूचक नेप्से ८.६९ अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

शेयरबजार परिसूचक नेप्से ८.६९ अंकले बढ्यो

stock_exchange_nepse-e1528283604277

काठमाडौं, १६ असोज । शेयर कारोबार साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्से ८ दशमलब ६९ अंकले बढेर १ हजार १ सय ४९ दशमलब ४० अंकमा पुगेको छ ।

१ सय ५३ कम्पनीका ६ लाख ४७ हजार ५ सय ६२ कित्ताशेयर २ हजार ६ सय ९५ पटकको कारोबारबाट १७ करोड ६६ लाख ३३ हजार ५ सय १४ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलब एक नौ अंकले बढेर २ सय ५१ दशमलब नौ सात अंकमा पुगेको छ ।

बिहिबार वित्त कम्पनीबाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन । वित्त समूहको परिसूचक ३ दशमलब दुई आठ अंकले ओरालो लागेको हो । युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);