नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्न माग

काठमाडौं, १६ असोज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान महासंघको विधानबाट तत्काल हटाउन माग गर्नु भएको छ ।

उपाध्यक्ष प्रधानले महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क अघि सार्नु भयो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अध्यक्षात्मक प्रणालीमा अघि बढेको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भएकाले महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचित हुनुपर्ने उहाँको भनाई थियो ।

महासंघका वस्तुगतसंघ तर्फका उपाध्यक्ष उमेशलाल प्रधानले पनि महासंघको विधान संशोधन गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले महासंघका वरिष्ठ उपाध्यक्ष स्वतहः अध्यक्ष हुने विधानमा रहेको प्रावधान महासंघका नेताहरु कसैलाई पनि मान्य नहुने दावी पनि गर्नु भयो ।

महासंघका पूर्व उपाध्यक्ष भाष्करराज राजकर्णिकारले पनि महासंघको विधान संशोधन गर्न माग गर्नु भयो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघलाई मुलुकको आर्थिक क्षेत्रको रुपान्तरण गर्न सक्ने सशक्त र सवल बनाउन पनि महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनुपर्ने व्यवस्था गर्नु पर्नेपनि बताउनु भयो ।

महासंघले विधान संशोधनका लागि पूर्वअध्यक्ष चण्डीराज ढकालको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति बनाएको छ । सोही मस्यौदा समितिले बनाएको मस्यौदा आगामी कार्तिक २८ गते बस्ने महासंघको विशेष साधारण सभाले पारित गर्नेछ । महासंघका नेताहरुले विधानमा उल्लेख गरिएको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउन विधान मस्यौदा समितिलाई पनि दवाव दिन सुरु गरेका हुन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);