बारामा भेटियो पाँच जनाको शव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बारामा भेटियो पाँच जनाको शव

BARA

बारा, १६ असोज । बाराको फेटा गाउँपालिका–४ मा एउटा खाली घरभित्र पाँच जनाको शव भेटिएको छ । बुधबार राति घरमा बनाएको अन्दाजी ६ फिट गहिरो खाल्डोमा ती शव फेला परेका हुन् ।

घटनामा मृत्यु हुनेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन रहेका छन् भने अर्का एक भारतीय नागरिक रहको प्रहरीले जनाएको छ । उक्त घरमा भट्टी संचालनमा रहेको र रक्सी बनाउने क्रममा उनीहरुको निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । शव परीक्षण गरेपछि मात्र उनीहरुको मृत्युको कारण खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);