इटालियन सिरी 'ए' फुटबलमा नापोलीद्धारा ब्रेसिया पराजित | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीद्धारा ब्रेसिया पराजित

football

एजेन्सी, १३ असोज । इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले जित निकालेको छ । आइतबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई २–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा नापोलीलाई जित दिलाउन ड्रिएस मेर्टेन्स र कोस्टास मोनालासले एक–एक गोल गरे । ब्रेसियाका लागि मारियो बालोटेलीले एक गोल फर्काए । जितसँगै नापोली लिगको चौंथो स्थानमा उक्लिएको छ । नापोलीले ६ खेलमा १२ अंक जोडेको छ भने ६ अंक जोडेको ब्रेसिया १४ औं स्थानमा छ । इटालियन सिरी ’ए’ अन्तर्गत नै भएको अर्को खेलमा एसी मिलान पराजित भएको छ । मिलान फियोरेन्टिनासँग ३–१ ले पराजित भएको हो । हारसँगै मिलानले ६ खेलमा मात्र ६ अंक जोडेको छ भने फियोरेन्टिनाको ८ अंक छ ।

ताजा समाचार