डडेल्धुरा, १ असोज । देशैभर फैलिएको डेंगुको संक्रमणबाट जोगिन डडेल्धुरामा पहिलोपटक नेपाली काँग्रेस डडेल्धुराले सचेतना र्यालीसहित औषधि छर्किएको छ ।
डडेल्धुरा जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा नेपाली कांग्रेस डडेल्धुराले डेंङगु रोगको संक्रमणबाट जोगिन स्थानीय आफैँ सचेत रहौँ भन्दौ र्यालीसहित बजार क्षेत्रका नाली एवं फोहोरमा लामखुट्टे मार्ने औषधी छर्किएको हो ।
स्क्रब टाइफस र डेङगु रोगको संक्रमण प्रकोपका रुपमा फैलिदै गएपनि अहिलेसम्म संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कुनै पहल नगरेको नेपाली कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लको भनाई छ ।
डडेल्धुरामा डेंगु रोगभन्दा पनि स्क्रब टाइफसको संक्रमण बढी फैलिएको छ । पछिल्लो तीन साता यता अस्पताल पुगेका बिरामी मध्ये ५० जना भन्दा बढीमा स्क्रबटाइफसको संक्रमण देखिएको छ ।