शित भण्डार संचालनमा नआउँदा कृषकलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

शित भण्डार संचालनमा नआउँदा कृषकलाई सास्ती

coldstore illam

टिका खतिवडा
इलाम, १ असोज । इलाममा करोडौँको लगानीमा निर्माण गरिएको शित भण्डार सञ्चालनमा आउन नसक्दा जिल्लाका कृषक तथा उपभोक्तालाई सास्ती भएको छ । निर्माण सम्पन्न भएको आठ वर्ष बितिसक्दा पनि शित भण्डार सञ्चालनमा नआएपछि इलामवासीले बेमौसमी तरकारी र फलफूल उपभोग गर्न पाएका छैनन् ।

इलाम सदरमुकाममा शित भण्डार बनेको ८ वर्ष वित्दा पनि सञ्चालनमा आउन सकेको छैन । भारतीय दूतावासको सहयोगमा ६ करोड रुपैयाँ खर्चेर शितभण्डार बनाइएको भएपनि लामो समयसम्म सञ्चालन नहुँदा नगरपालिकालाई आर्थिक भार बढ्दै गएको छ । इलाम नगरपालिका ९ शेरामा बनेको शितभण्डारमा जडान गरिएका महंगा र महत्वपूर्ण उपकरण प्रयोग नै नगरी बिग्रने अवस्थामा पुगेका छन् ।

दुई हजार मेट्रिक टन क्षमता भएको शित भण्डार सञ्चालनमा नआउँदा यहाँ उत्पादन हुने किवी, आलु गोलभेँडा सहितका फलफूल, साग सब्जी लगायतले उचित बजार पाउन सकेको छैन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला तत्कालिन संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङले यो शित भण्डार शिलन्यास गर्नु भएको थियो । त्यसपछि फेरी नेपाल भारत मैत्री शितभण्डार निर्माण गर्ने भनेर भारतीय मन्त्रीले फेरी पुन उद्घाटन गर्नुभयो ।

दुईपटक उद्घाटन गरी बनाइएको शितभण्डार सञ्चालन नहुँदा निर्माण सकिएपछि विद्युत,नियमित मर्मत सम्भार र १ कर्मचारीको तलब जस्ता खर्च नगरपालिकाले व्यहोर्नु परिरहेको छ । इलाममा सवैभन्दा वढी उत्पादन हुने अदुवा,आलु लगायत कृषिजन्य उपज शितभण्डारमा राख्न नपाउँदा समस्या भएको छ ।

नगरपालिकाले पटक पटक ठेक्का खुलाउँदा पनि संचालनको लागि अहिलेसम्म कोही नआएको नगरपालिकाको भनाई छ ।

इलाम नगरपालिकाको तथ्याड्ढमा शित भण्डारका लागि कर्मचारीलाइ मासिक १५ हजार रुपैयाँ विजुलीको बार्षिक ६ लाख हाराहारीमा र मर्मत सम्भारमा बार्षिक लाखौँ रुपैयाँ खर्च भइरहेको छ । जिल्लाको पहिलो शितभण्डारको अभ्यास भएकाले पनि धेरैले सञ्चालनको आँट गर्नसकेका छैनन् ।

जिल्लामा कृषकले अझै पनि सागसब्जी तथा फलफूल बेमौसममा विक्री गर्ने सकेका छैनन् । स्कुस, काँक्रो, फर्सी, रायो साग जस्ता तत्काल बिक्री गर्न वजार पु¥याउनु पर्ने बाध्यता कहिले हट्ला भन्ने सबै कृषकको चासोको बिषय बन्न पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);