संविधान दिवसको अवसरमा घरघरमा दिपावली गर्न सुदूरपश्चिम सरकारको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संविधान दिवसको अवसरमा घरघरमा दिपावली गर्न सुदूरपश्चिम सरकारको आह्वान

कैलाली, १ असोज । संघीय सरकारले जस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि संविधान दिवसको अवसरमा घरघरमा दिपावली गर्न आह्वान गरेको छ ।

बुधबार सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी दिईएको हो । प्रदेश सरकारले संविधान दिवसको अवसर पारेर असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालय र आम नागरिकको घरमा सरसफाई सहित दिपावली गर्न आह्वान गरेको हो ।

सरकारले असोज २ गते सबै मन्त्रालय, निकाय, सरकारी कार्यालयले आ–आफ्नो स्थानमा राष्ट्रिय झण्डा एवं व्यानर सजाएर नगरको श्रृंगार र सरसफाई गर्ने, सबै कार्यालय र आम नागरिकको घरघरमा सरसफाई र दिपावली गर्ने तथा प्रदेशको सामाजिक विकास मन्त्रालयले खेलकुद कार्यक्रम आयोजना गर्ने भएको छ ।

यी सबै कार्यको सहजीकरणका लागि मुख्यमन्त्रीको अध्यक्षतामा संविधान दिवस सुदूरपश्चिम प्रदेश मूल समारोह समिति गठन गरिएको छ भने चार वटा उपसमिति पनि गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रदेश सचिव अर्जुन प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

असोज ३ गते बिहान ७ बजे ट्राफिक चौराहबाट धनगढी रंगशालासम्म झाँकी सहित प्रभातफेरी गर्ने तथा असोज ४ गते सबै कार्यालय हाताभित्र वृक्षारोपण गर्ने र गोदावरीमा पनि वृक्षारोपण गरिने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);