संविधान दिवस मनाउन तयारी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

संविधान दिवस मनाउन तयारी सुरु

sambidhan tayari

काठमाडौं, ४ भदौ । सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य र व्यापकरुपमा मनाउने भन्दै तयारी सुरु गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सिमित वर्ग र क्षेत्र विशेषमा मात्रै नभई सबैको सहभागीताका साथ दिवस मनाउने बारे छलफल भएको हो ।

विशेष गरेर संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरुको सहभागीतामा राजधानी काठमाडौंको टुँडिखेलमा र उपत्यका बाहिर प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरुमा भव्यताका साथ संविधान दिवस मनाउने उद्देश्यका साथ कार्यक्रमहरु तय भएका छन् । यस बर्ष राष्ट्रिय झण्डालाई मुख्य आकर्षणको केन्द्र कार्यक्रम तय गरिएको छ । बैठकमा संविधान दिवस मनाउनका लागि तय भएका कार्यक्रमबारे जानकारी गराउदै गृह सचिव प्रेम कुमार राईले सबैको सक्रिय सहभागीताका लागि आग्रह गर्नुभयो ।

दिवसको अघिल्लो दिन असोज २ गते उपत्यका भित्रका सबै सरकारी कार्यालय, महानगरपालिका नगरपालिकाहरुले आ–आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानर सजाई नगर सजाउने, आम नागरिकले घरघरमा सरसफाई गरि सांझ दिपावली गर्ने लगायतका कायृक्रम तय भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);