संविधान दिवस मनाउन ‘उर्दी’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संविधान दिवस मनाउन ‘उर्दी’

sambidhan

काठमाडौं, २९ भदौ । यही असोज ३ गते बिहीबार संविधान दिवसको दिन तीनवटै तहका कर्मचारीहरू राष्ट्रिय झन्डा लिएर प्रभातफेरीमा अनिवार्य सहभागी हुनुपर्ने भएको छ।

संविधान दिवसको दिन हातहातमा राष्ट्रिय झन्डा लिएर उपस्थिति हुनेको हाजिर गृह मन्त्रालयमा पठाउने व्यवस्थासहित सरकारले सोको पालना गर्न र गराउन गृहले विभिन्न मन्त्रालयलाई पत्राचार गरेको छ। संघीय, लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछि संविधान दिवस मनाउन सरकारले कडाइका साथ निर्देशन जारी गरेको यो नै पहिलोपटक हो।

गृहको पत्राचारअनुरूप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधान दिवस व्यापक बनाउन देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ। संविधान दिवस मनाउने सम्बन्धमा स्थानीय तहका लागि तोकिएको भूमिकासमेत उल्लेख गर्दै त्यसको पालना गर्न र गराउन ७ सय ५३ स्थानीय तहमा पत्रमार्फत निर्देशन दिइएको हो। यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);