संविधान दिवस भव्यताका साथ मनाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संविधान दिवस भव्यताका साथ मनाउने तयारी

sambidhan diwas

पुष्पा पोखरेल
काठमाडौं, २ असोज । चौंथो संविधान दिवस यस पटक भव्यताका साथ मनाउने तयारी गरिएको छ । २०७२ साल असोज ३ गते नेपालमा संघीय गणतान्त्रिक संविधान जारी गरिएको खुशीयालीमा यो तयारी गरिएको हो । घरघरमा र कार्यालय कार्यालयमा दीपावली गरी संविधान दिवस मनाउनका लागि सरकारले उर्दि नै जारी गरेको छ । संविधानको कार्यान्वयन पक्षलाई लिएर भने अहिले फरक फरक प्रतिक्रिया आइरहेको छ ।

संविधानले मुलुकमा कानुनी राज्यको स्थापना र नागरिकलाई न्याय दिने संविधान बनेको खुशीयालीमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाइन्छ । अहिले चौतर्फी चासो संविधान दिवसकै छ । संविधान दिवसको अवसरमा केन्द्रीय सरकार रहने सिंहदरवार र प्रदेश सरकारले भव्य तयारी गरेको छ । प्रदेश ३ को राजधानी हेटौंडालाई झण्डैझण्डाले सजाइएको छ ।

जनताबाट चुुनिएका जनप्रतिनिधिले संविधानसभाबाट नेपालको संविधान २०७२ असोेज ३ गते घोषणा गरिएको थियो । हरेक वर्ष यो दिनलाई संविधान दिवसका रूपमा निकै हर्षोल्लासका साथ मनाइँदै आइएको छ ।

संविधान दिवस मनारहँदा फरक फरक क्षेत्रबाट फरक फरक प्रतिक्रिया पनि आइरहेको छ । संविधान दिवस मनाउनका लागि सरकारले भव्य रूपमा तयारी गरिए पनि संक्रमणकालीन न्यायले पुर्णता पाउन नसकेको गुनासो पनि आएको छ ।

संविधान दिवसलाई सरकारले भव्य रुपमा मनाउने तयारी गरेको छ । सत्तापक्ष तथा विपक्षी दलका सांसदहरुले संविधानको कार्यान्वयन पक्षलाई जोड दिएका छन् ।

संविधान दिवसलाई लिएर सत्तापक्ष र विपक्षी दलका नेताहरुले उत्साह देखाए जस्तै कलाकार तथा अभियन्ताहरुले पनि यसलाई उत्साहका साथ लिएको पाइन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);