हाउजिङको चरम हेलचेक्र्याइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

हाउजिङको चरम हेलचेक्र्याइ

GreenHill

काठमाडौं, २२ भदौ । हाउजिङ कम्पनी ग्रिनहिल सिटी प्रालिले काठमाडौंको मूलपानीमा निर्माण गरेको घर मंगलबार राति भत्किएपछि निर्माण कम्पनीको क्षमता र गाम्भीर्यमाथि उपभोक्ताहरूले प्रश्न उठाएका छन्।

‘ग्रिनहिल सिटी आवास निर्माण कम्पनीको चरम लापरबाही हो यो, मानिसले जीवनभर बस्नुपर्ने र सुरक्षित भएको अनुभव गर्न पाउनुपर्ने घर पिँध नभएको लोटाजस्तो पिल्टिक्क ढल्यो।’ –स्थानीय विष्णु गुरागाईंले नेपाल समाचारपत्रसँग गुनासो पोख्नुभयो।

‘स्थलगत अध्ययन गर्दा घरका लागि बनेको सपोर्टिङ वाल ढलेपछि घर पल्टिएको देखिन्छ। भवन बनाउनुपूर्व ढुङ्गाको मजबुत पर्खाल लगाइएको भए पुरिएको माटैसहित घर बग्ने थिएन।’ –गुरागाईंले भन्नुभयो।

जसरीतसरी निर्माण गर्ने अनि सोझासाझाको आँखामा छारो हाल्ने नियतका कारण भवन भत्किएको भन्दै अर्का स्थानीय स्थानीय लक्ष्मीप्रसाद कँडेलको टिप्पणी थियो– ‘पहिरोनजिकका स्थानीयका नौवटा भवन अहिले पनि जोखिमा छन्, भत्किएको घरसंँगैको कम्पनीको तेस्रो घर पनि ठूलो वर्षा भएमा भत्कने जोखिममा देखिन्छ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);