अछाम, २१ भदौ । अछामको मंगलसेन नगरपालिका अन्तरगत भैसले खोलामा जमेको पानीमा डुबेर २ बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ११ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको डुवेर मृत्यु भएको हो ।
शनिबारको दिन बालवालीका गोठालो गएको समयमा पानीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको अछाम जिल्ला प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिनुभएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएको प्रहरीले जनाएको छ ।