सोमबार शेयरबजार परिसूचक नेप्से १४.४५ अंकले गिरावट | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

सोमबार शेयरबजार परिसूचक नेप्से १४.४५ अंकले गिरावट

काठमाडौं, १६ भदौ । सोमबार शेयरबजार परिसूचक नेप्से १४ दशमलब ४५ अंकले घटेर १ हजार १ सय ७० दशमलब तीन चार अंकमा पुगेको छ ।

१ सय ७१ कम्पनीका १३ लाख ८० हजार ६ सय ६० कित्ताशेयर १० हजार ७ सय ७० पटकको कारोबारबाट ४० करोड ७५ लाख ६९ हजार ७ सय १२ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलब नौ आठ अंकले घटेर २ सय ५६ दशमलब तीन अंकमा पुगेको छ । सोमबार कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ ।

नेपाल बैंक लिमिटेडको २ करोड ५६ लाख बढीको शेयर कारोबार भएको छ । शेयर कारोबारमा युनाइटेड फाइनान्सले अग्रता लिएको छ ।

सोमबार दिव्येश्वरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी ५ दशमलब ५ प्रतिशतले कमाएका छन भने ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ७ दशमलब ९६ प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);