डेंगु रोग नियन्त्रण गर्न नसकेको भन्दै सांसदद्वारा सरकारको आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

डेंगु रोग नियन्त्रण गर्न नसकेको भन्दै सांसदद्वारा सरकारको आलोचना

swasthya samiti-dengue

काठमाडौं, १५ भदौ । सत्तारुढ दलकै सांसदहरुले डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्य योजना समेत तय गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतवारको बैठकमा सत्तारुढ नेकपाका सांसद जीवनराम श्रेष्ठले विश्वमै महामारीको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत बनाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नु भयो ।

त्यसैगरी बैठकमा नेकपाकै अर्की सांसद अञ्जना विशंखेले पनि डेंगु रोग लाग्न नदिन जनचेतनामुलक कार्यक्रम प्रचार प्रसार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद मानबहादुर विश्वकर्माले डेंगु रोग नियन्त्रणका लागि सरकार गम्भिर नभएको आरोप लगाउनु भयो ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले सो रोग नियन्त्रणका लागि सरकार गम्भिर भएर लागि परेको दावी गर्नु भएको थियो । उहाँले डेंगू रोग नियन्त्रणका लागि बजेटको पनि अभाव रहेको बताउनु भयो ।

चिकित्सकहरुले नेपालमा पनि लामखुट्टेको नियन्त्रण गर्न नसके डेंगू रोगको महामारी फैल्न सक्ने चेतावनी दिँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);