गौहत्या प्रकरणको सत्यतथ्य छिटै बाहिर आउँछ : मन्त्री राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

गौहत्या प्रकरणको सत्यतथ्य छिटै बाहिर आउँछ : मन्त्री राई

sahari bikash mantri rai

नेपालगञ्च, १५ भदौ । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले गौहत्या प्रकरणमा छानविन समिति बनेको भन्दै छिटो भन्दा छिटो सत्यतथ्य बाहिर आउने बताउनु भएको छ ।

नेपालगञ्चमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले छाडा पशु व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको भएको र यसका लागि समयसमयमा बजेटहरु छुट्याइएको पनि जानकारी दिनुभयो ।

मन्त्री मोहम्मदले नेपालगञ्जलाई स्वच्छ, सफा, हराभरा र समुन्नत बनाउनका लागि लिएका एजेण्डाहरु सफलता नजिक पुगेको पनि जानकारी दिनुभयो ।

जस्मध्ये ९२ वर्ष पुरानो भेरी अस्पतालको स्तरोन्नती अत्याधुनिक सुविधा सम्पन्न बनाउने, एयरपोर्टको स्तरोन्नती गर्ने, नयाँ तथा पुराना सडकको पुर्वाधार तयार गर्ने, आधुनिक करिडोर बनाउने र टेक्नीकल विश्वविद्यालय खोल्ने रहेको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);