मिडिया विधेयकमा संशोधन दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मिडिया विधेयकमा संशोधन दर्ता

rastriya sava

काठमाडौँ, १६ भदौ । पत्रकार आचारसंहिता उल्लङ्घनका घटनामा प्रचलित कानुनबमोजिमको कारबाही र जरिवानाको व्यवस्था खारेज गरी विधेयक परिमार्जन गर्न प्रमुख विपक्षी दल नेपाली काँग्रेसले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गरेको छ । काँग्रेसका राष्ट्रिय सभा दलका नेता सुरेन्द्र पाण्डे तथा राधेश्याम अधिकारीसहितका सांसदहरूले संशोधन दर्ता गर्नुभएको हो । विधेयकको प्रस्तावना, साङ्गठनिक संरचना, पदाधिकारी सिफारिसको व्यवस्था, जरिवानाको व्यवस्थालगायत २६ बुँदे संशोधन विपक्षी दलले दर्ता गरेको छ ।

सत्तारूढ दलसमेतले विधेयकमा साझा प्रस्तावको गृहकार्य गरे पनि काँग्रेसले फरक संशोधन दर्ता गरेको हो । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले भने सोमबार मात्र संशोधन दर्ताको तयारी गरेको छ । संशोधन दर्ताको समय पनि सोमबार मध्याह्नसम्म तोकिएको छ ।

काँग्रेस संशोधनमा सरकारले प्रस्ताव गरेको जरिवानाको व्यवस्था हटाउन माग गरिएको छ । यस्तै आचारसंहिता उल्लङ्घनमा हुने अन्य कानुनअनुसारको कारबाहीको व्यवस्था हटाउन माग गरिएको छ । सरकारले ल्याएको मूल विधेयकमा आचारसंहिता उल्लङ्घनमा २५ हजारदेखि दस लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ । कसुर अन्य कानुनअनुसार कारबाही चलाउन योग्य भएमा बाधा नपर्ने पनि प्रस्तावित छ । याे समाचार गाेरखापत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);