डेंगु रोगबारे पर्याप्त अनुसन्धान भएको छ : स्वास्थ्य परिषद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

डेंगु रोगबारे पर्याप्त अनुसन्धान भएको छ : स्वास्थ्य परिषद

dengue

काठमाडौं, ३० भदौ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिएको स्पष्ट पारेको छ । डेंगु रोगबारे आवश्यक अनुसन्धान समेत नगरिएको भन्दै सरकारको आलोचना भईरहेका बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सोमबार पत्रकार सम्मेलन गरी सो रोगबारे मिहिन ढंगले अनुसन्धानको काम गरिएको प्रष्टयाएको हो ।

सो रोग लाग्नुको कारणबारे मिहिन ढंगले अनुसन्धान भईसकेको परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिनु भयो । उहाँले सो रोगबारे अनुसन्धान नै नभएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि बताउनु भयो ।

परिषदले सो रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालनको काम पनि सुरु गर्ने घोषणा गरेको छ । परिषदका अध्यक्ष झाले सो रोगलाई लाग्न नदिने गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्ने बताउनु भयो ।

घर भित्र र घर वरपर विशेष ढंगले सफाई गरे सो रोगको संक्रमण नहुने परिषदले जनाएको छ । परिषदले सो रोग लाग्ने लामखुट्टेको नियन्त्रणका लागि घर भित्र र बाहिर कुनै पनि ठाउँमा पानी जम्न दिन नहुनेतर्फ पनि सचेत गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);