'नेपाल आइडल'को उत्कृष्ट चारबाट बाहिरिए सागर आले | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

काठमाण्डौँ, २३ भदौ । एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आएको रियालिटी शो ‘नेपाल आइडल’ को उत्कृष्ट चारबाट सागर आले बाहिरिएका छन्।

सागर बाहिरिएसँगै नेपाल आइडलको अन्तिम तेस्रो प्रतिस्पर्धाका लागि प्रताप दास, बुद्ध लामा र निशान भट्टराई पुगेका छन्।
एपीवान टेलिभिजनले फरम्याट अनुसार नै निर्णायकले भिटो प्रयोग गरी अघिल्लो साताको एपिसोडलाई ‘नो इलिमिनेसन एपीसोड’ घोषणा गरेका थिए। चारैजना प्रतियोगी एकसाता संगै रहन पाउँदा खुशी भएका थिए। यो साताको निर्णयले अघिल्लो साताको सागरको खुसी यस पटक खोसिएको छ।

नेपाल आइडलको फाईनल २२ मा कतारमा हुँदैछ। फाइनलमा पुगेका तिनै जना मध्ये तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्।