नेपाल आईडल - अन्तत: भयो मत सार्बजनिक, चारै जना प्रतिस्पर्धी सुरक्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

 

काठमाडौं, १७ भदौ । नेपाल आइडलको अन्तिम चारमा रहेका प्रतिस्पर्धीलाई ‘भिटो पावर’ प्रयोग गर्दै जजहरु न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटाले बाहिरनबाट जोगाएका छन्।

 

भोटिङको आधारमा हरेक साता एक प्रतियोगि बाहिरिँदै आएको भएपनि शुक्रबारको ‘शो’ मा जजहरुले आफ्नो भिटो प्रयोग गर्दै नतिजा एक साता पर सारेका हुन् । अहिले कुल एक सय ५१ जना प्रतिस्पर्धीबाट आइडलको ‘टप फोर’ मा बुद्ध लामा, निशान भट्टराई, सागर आले र प्रताप दास रहेका छन्। यसैबीच आज प्रतिस्पर्धीले पाएको कूल भोट समेत सार्वजनिक गरिएको छ।

 

बिहीबारदेखि शुक्रबार मध्यान्हसम्ममा ४ प्रतिस्पर्धीलाई जम्मा ३७ लाख २० हजार २ सय ८० भोट प्राप्त भएको आयोजकले सार्बजनिक गरेको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);