बुधबार शेयरबजार परिसूचक नेप्से ५.१७ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बुधबार शेयरबजार परिसूचक नेप्से ५.१७ अंकले घट्यो

काठमाडौं, २९ साउन । बुधबार शेयरबजार परिसूचक नेप्से ५.१७ अंकले घटेर १ हजार २ सय २५ दशमलव ९० अंकमा पुगेको छ । १ सय ६९ कम्पनीका १० लाख ६९ हजार ६ सय ९० कित्ताशेयर ८ हजार ४८ पटकको कारोबारबाट २५ करोड ७२ लाख ८५ हजार १ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १दशमलव २२ अंकले घटेर २६५दशमलव ९३ अंकमा पुगेर बन्द भएको छ । बुधबार लघुवित्त समूहबाहेक कारोबार भएका सबै समूह ओरालो लागेका छन् ।

लघुवित्त समूह ०.१४ अंकले ओरालो लागेको हो । नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी २ करोड १० लाख ६२ हजार ५ सय ४१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ४दशमलव २६ प्रतिशतले कमाएका छन भने वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ५दशमलव ३० प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);