नेकपाको ‘हेडसर’ धपेडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपाको ‘हेडसर’ धपेडी

nekapa

काठमाडौं, २० साउन । नेपाल कम्युनिस्ट पार्टी एकीकरण टुंग्याउने सकसमा छ । दुई ध्रुवका दुई दलका ‘हार्डवेयर’ जोडिएको १५ महिना बित्यो, व्यथा ‘सफ्टवेयर’ को छ। ‘सफ्टवेयर’ एकीकरण त्यतिबेला टुंगिनेछ, जब पार्टीका सांगठनिक अवयवहरूले पूर्णता पाउनेछन्। नेताका मनमा म यताको, ऊ उताको भन्ने दिग्भ्रम टुट्नेछ। पार्टी पानीभित्र माटो राखेजस्तो होइन, मिस्री हालेजस्तो हुनेछ। अर्थात्, पूर्णतः घोलिएको।

अहिलेसम्मको एकता भनेको पानीमा मिस्रीचाहिँ हालिएको छ, बाँकी छ चम्चाले घोल्न। त्यसमा थोरै मतभेद छ– कुनचाहिँ चम्चाले घोल्ने ? कसको कुन हातले चम्चा समात्ने ? कति मिहिन तरिकाले घोल्ने ? ‘चम्चा’ हरूको यस्तै आआफ्नै ढाँचाका तानातानयुक्त ताउरमाउरले एकता प्रक्रिया लम्ब्याएको छ। त्यसकै एउटा कडी हो– स्कुल विभाग प्रमुख अर्थात् ‘हेडसर’ खोसाखोस।

‘हेडसर’ कसलाई दिनेभन्दा पनि कताकालाई पार्ने भन्ने हारालुछ नेकपाको खास समस्या हो। प्रस्तावित मुख्य नाम नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल पार्टी मर्यादाक्रममा क्रमशः ६ र ७ नम्बरमा पर्छन्। श्रेष्ठ पूर्वमाओवादी र पोखरेल पूर्वएमालेका नेता हुन्। दुवैलाई मूलतः आआफ्नै पूर्वगोठबाट साथ छ। यसले पनि पानीमा मिस्री नघुलिएको अथ्र्याउँछ। सहमति खोज्ने दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रयत्नले पार लाग्न सकेको छैन। दुवै अध्यक्षले नै प्रत्यक्ष यो विभाग सम्हाल्नेसम्मका आकलन बाहिर आएका छन्।

त्यही सकसको धपेडीबाट सास फेर्न दुवै अध्यक्षले आराम खोजेका छन्। दाहाल दुबई पुगेर फर्किएका छन्। उनी आएकै दिन ओली सिंगापुरतिर उडेका छन्। दुवैका अल्पविश्रामले यो समस्याको निकास पक्कै ल्याउने छैन। किनकि, ‘हेडसर’ तकाइ चानचुने विषय होइन। अब छानिने ‘हेडसर’ ले हाँक्ने स्कुलको काँधमा ठूलै दायित्व हुनेछ। यसले पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिलाई व्यापकीकरण गर्छ। त्यसअनुरूप नियमित वा आवधिक स्कुल चलाउँछ। त्यसको कार्ययोजना बनाउँछ। सदस्यहरूका सैद्धान्तिक–वैचारिक स्तर उठाउन योजना बनाउँछ। कार्यान्वयन गर्छ। प्रशिक्षक र विशेषज्ञहरू उत्पादन गर्छ। पाठ्यक्रम–पाठ्यपुस्तक तयार गर्छ। प्रशिक्षकको मूल्यांकन गर्छ। प्रशिक्षार्थीको परीक्षा लिन्छ। प्रमाणपत्र दिन्छ। विदेशका पार्टी स्कुलहरूसँग समन्वय गर्छ। नवआगन्तुकलाई विशेष प्रशिक्षण दिन्छ। आदि। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);