संसदको गतिरोध अन्त्य गर्न दलहरु सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

संसदको गतिरोध अन्त्य गर्न दलहरु सहमत

sabhamukh mahara

काठमाडौं, २० साउन । संसदको गतिरोध अन्त्य गर्न राजनीतिक दलहरु सहमत भएका छन् ।

सोमबार सभामुख कृष्ण बहादुर महराको पहलमा बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठनको माग स्थगित गर्दै सदनको अवरोध हटाउन सहमत भएका हुन् । सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएको छ ।

त्यस्तै फेरि यस्तो गतिरोध नहोस् भनेर सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने पनि सहमति भएको छ । विशेष समितिको संयोजक पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ रहनु हुने भएको छ । सहमतस् भएसंगै प्रतिनिधि सभाको बैठक केही बेरमा बस्नेछ । कांग्रेस र राजपाले सर्लाही घटनामा संसदीय समिति बनाउनुपर्ने, निर्मला काण्डका दोषीलाई कारवाही गर्नुपर्ने,संसदीय सर्वोच्चता कायम हुनुपर्ने लगायतका माग राख्दै प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दे आएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);