घरेलु मदिरा उत्पादन त्यागेर बाख्रापालन व्यवसायमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

घरेलु मदिरा उत्पादन त्यागेर बाख्रापालन व्यवसायमा

प्रकाश नेपाल
पाल्पा, १८ साउन । पाल्पामा निर्वाहमुखी खेती गरेका कतिपय किसानहरुले उत्पादित अन्न घरेलु मदिरा बनाउनको लागि प्रयोग गर्दछन् । यसरी मदिरा बनाएर बजारमा विक्रि गरी आफ्नो आवश्यकता परिपुर्ति गरेका किसानहरु यतिखेर मदिरा उत्पादन छोडेर व्यवसायिक बाख्रा पालन तर्फ आर्कषक भएका छन् ।

२०६८ साल पूर्वखोला गाउँपालिका १ सिलुवा सानोगल्धा गेझाबारीका ५१ वर्षीय बिन बहादुर चिदीको दैनिकी यस्तै थियो । निर्वाहमुखी खेती गर्दै आउनु भएको उहाँ आम्दानीको अन्य स्रोत नहुँदा २०४६ साल देखि घरेलु मदिरा उत्पादन गर्दै आउनु भएको थियो ।

तर पछिल्लो समयमा दुई छोरा र १ छोरीलाई उच्च शिक्षा प्रदान गरे संगै २२ वर्षे मदिरा उत्पादन कार्यलाई त्यागेर चिदी २०६८ सालदेखि व्यवसायिक वाख्रापालनमा लाग्नु भएको छ ।

२०७१ सालमा सिद्धि बाख्रा फर्म दर्ता गरी व्यवसाय सञ्चालन गर्दै आउनु भएकोमा हाल उहाँ संग अहिले ७५ वटाभन्दा बढी बाख्रा रहेका छन् । विन बहादुर चिदी अहिले बार्षिक दुई लाख ५० हजार सम्म आम्दानी गर्दै आउनु भएको छ ।

विगतको तुलनामा सानोगल्धा गाउँका मानिसहरु कृषि तथा पशुपालनमा आकर्षित भएकोे पाईन्छ । बजारमा विक्रीका लागि लैजाँदा पटक पटक प्रहरीले नियन्त्रणमा लिन थालेपछि बाख्रापालनमा लागेका चिदी बैदेशिक रोजगारमा लागेका युवा तथा मदिरा उत्पादनमा लागेकाहरुलाई पशुपालन तथा कृषिमा लाग्न उहाँको सुझाव छ ।

यस अघि तत्कालीन जिल्ला पशु सेवा कार्यालयबाट एक लाख रुपैयाँ अनुदान प्राप्त गर्न सफल उहाँले गत वर्ष कृषि मन्त्रालय प्रदेश नं. ५ बाट फर्म सुधारका लागि चार लाख अनुदान प्राप्त गर्नु भएको थियो ।

फर्ममा हाल ५० वटा माउ, १२ वटा खसी, २ व्यादे र ११ बच्चा गरी ७५ बाख्रा रहेको छ । चिदीको बाख्रा पालनमा हालसम्म १५ लाख ८० हजार बढी लगानी भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);