बन्द रहेको वीरगञ्ज सुख्खा बन्दरगाह शनिबारदेखि सुचारु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बन्द रहेको वीरगञ्ज सुख्खा बन्दरगाह शनिबारदेखि सुचारु

काठमाडौं, १८ साउन । बन्दरगाह सञ्चालक र भन्सार एजेण्टबीचको विवादका कारण बन्द भएको वीरगञ्ज सुक्खा बन्दरगाह शनिबारदेखि सुचारु भएको छ ।

बन्दरगाह सञ्चालक र भन्सार एजेण्टबीचको विवादका कारण बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालि तत्कालका लागि भन्सार एजेण्टका शर्त मान्न तयार भएपछि शुक्रवार बेलुकादेखि अवरोध हटेको हो ।

टर्मिनलले सेवा प्रवाहमा मनोमानी गरेको आरोप लगाउँदै एजेण्टले बन्दरगाहको कामकारवाही ठप्प पारेका थिए । दुई दिनसम्मको बन्दले बन्दरगाहमा २ हजारभन्दा बढी कण्टेनर थुप्रिएका थिए ।

हिमालयन टर्मिनलले बन्दरगाह सञ्चालनका लागि आवश्यकीय उपकरणको प्रबन्ध नगर्दा काममा ढिलाई भएको एजेण्टको भनाइ छ । बन्दरगाहले सहजीकरणको सट्टा अपारदर्शी तरिकाले जरीवाना लिएको आरोप समेत उनीहरूले लगाएका छन् ।

हिमालयन टर्मिनलले तत्कालका लागि एजेण्टका सबै माग पूरा गर्ने र दीर्घकालीन समाधानका लागि सोमवार छलफल गर्ने सहमति भएपछि बन्दरगाह पुन संचालनमा आएको हो ।

सहमतिपछि एजेण्टको आन्दोलन पनि स्थगित भएको छ । सन् २००४ बाट सञ्चालनमा आएको यो बन्दरगाहमा वर्षेनी कण्टेनर र अन्य कार्गोको चाँप बढ्दै गएको छ । व्यापारको चाँपअनुसार पूर्वाधार व्यवस्थापन हुन नसक्दा आयात निर्यात समस्याग्रस्त बनेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);