स्कुल विभागमा आकांक्षीको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्कुल विभागमा आकांक्षीको संख्या बढ्दै

काठमाडौं, १० साउन । नेकपामा स्कुल विभागको प्रमुखमा आकांक्षीको संख्या झनै बढेपछि सचिवालय बैठक पनि झनै अनिश्चित बनेको छ । त्यसै त पार्टी एकताको प्रक्रिया ढिलो भयो भनेर कार्यकर्तामाझ नेतृत्व आलोचित बनिरहेको बेला स्कूल विभागको विवादले कार्यकर्तामा शीर्ष नेतृत्व थप आलोचित देखिएका छन् ।

विवाद बढेको स्कूल विभागको प्रमुखमा पूर्व पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि आकांक्षी बन्नु भएको छ । वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ शुरुदेखिकै चर्चामा रहेका आकांक्षी हुनुहुन्छ ।

अहिले आएर डा.बेदुराम भुषाल, घनश्याम भुषाल, राम कार्की लगाएतका नेताहरु पनि आकांक्षी बन्नु भएको छ । पछिल्लो समय आकांक्षीका रुपमा देखिनु भएका डा. बेदुराम भुषाल स्कूल विभागमा आफू उपयुक्त पात्र भएको दाबी गर्नु हुन्छ ।

विगतको अनुभव र पार्टीमा अहिले जिम्मेवारविहीन भएकोले स्कूल विभाग आफूले पाउनु पर्ने दाबी डा. भुषालको छ । उहाँ अहिले पार्टीको स्थायी कमिटी सदस्य हुनुहुन्छ । अर्का स्थायी कमिटी सदस्य घनश्याम भुषालले पनि स्कूल विभाग प्रमुखमा दाबी गर्दै आउनु भएको छ । विगतमा स्कूल विभाग सदस्य रहेर काम गरेको र पहिलेदेखि नै माग गर्दै आएकोले आफूले नै विभाग प्रमुख पाउनु पर्ने माग भुषालको छ ।

स्कूल विभागको प्रमुखको आकांक्षी दुबै भुषाललाई पार्टी भित्र वैचारिक नेताका रुपमा चिनिन्छ । यसरी पूर्व एमाले भित्रै यसमा दावेदारहरुको संख्या बढीरहेको देखिन्छ ।

पूर्व माओवादीकातर्फबाट पनि दावेदार देखिएका छन् । पूर्व एमालेको भागमा परेको भनिएको स्कूल विभागमा अहिले पूर्व माओवादीकोतर्फबाट पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र केन्द्रीय सदस्य राम कार्की पनि आकांक्षी देखिनु भएको छ ।

३२ वटा विभाग रहेकोमा एउटा स्कूल विभागमा शीर्ष नेतादेखि केन्द्रीय सदस्यसम्मको आकांक्षा किन बढिरहेको छ ? अहिले पार्टी पंक्ति भित्र मात्र होइन, सर्वसाधारण र अन्य पार्टीमा पनि चासो बढेको छ । अन्य विभाग र यसमा के फरक छ र तानातान भइरहेको छ त ?

शुरुमा नेकपाको पार्टी भित्र मात्र विवाद र चर्चाको विषय बनेको स्कूल विभाग अहिले राजनीतिक वृत्तमा सर्वत्र चर्चामा छ । पार्टीले अंगालेको सिद्धान्त, बिचार कार्यनिती, कार्यदिशा, कार्यभार लगाएतका बिषयमा पार्टी पंक्तीमा कक्षा संचालन गर्ने र प्रशिक्षित कार्यकर्ता उत्पादन गर्ने काम स्कूल विभागले गर्छ ।

पूर्व एमाले भित्र यो विभाग २०४९ सालपछि माओवादीसँग पार्टी एकता हुनु अघिसम्म संचालनमा आएको देखिन्छ भने पूर्व माओवादीमा भूमिगत अवस्थादेखि पार्टी शान्तिप्रक्रियामा आउंदासम्म संचालनमा रहेको देखिन्छ । पार्टी विभागजनपछि पूर्व माओवादीमा यसको खासै प्रयोग भएको देखिंदैन । तर अहिले आएर पूर्व माओवादीले पनि यसलाई प्रतिष्ठाको विषय बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);