नेकपा माओवादी केन्द्रद्वारा ३३ वटा केन्द्रीय विभाग गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा माओवादी केन्द्रद्वारा ३३ वटा केन्द्रीय विभाग गठन

काठमाडाैं । नेकपा माओवादी केन्द्रले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ ।

केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले पार्टीको केन्द्रीय विभाग गठन गरेको हो । जसअनुसार पार्टी अध्यक्ष प्रचण्ड स्कुल विभागको इन्चार्ज रहनुहुने भएको छ भने प्रमुखमा गिरिराजमणि पोखरेललाई जिम्मा दिइएको छ ।

त्यस्तै प्रचार तथा प्रकाशन विभागको प्रमुख रहने गरी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिइएको छ भने संगठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकरलाई तोकिएको छ । यस्तै सहरी विकास प्रमुखमा देवेन्द्र पौडेल, वन तथा वातावरण प्रमुखमा शक्ति बस्नेत, नीति अनुसन्धान प्रमुखमा रामचन्द्र झा, निर्वाचन विभागमा खिमलाल देवकोटा, अर्थ विभागमा वर्षमान पुन प्रमुख रहेका छन् ।

त्यस्तै प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की (राम कार्की), प्रदेश २ को इञ्चार्ज गणेश शाह, बागमती प्रदेशको इञ्चार्ज हितमान शाक्य, गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी खगराज भट्टलाई दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);