धानबालीमा विभिन्न रोग देखिएपछि सुनसरीका कृषक चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनसरी, २२ भदौ । धानबालीमा गवारो, पतेरो, ब्लास्टलगायतका रोग लागेपछि सुनसरीको बबिया, हरिनगरा, गौतमपुर, साहेबगन्जलगायत ठाउँका कृषक चिन्तित भएका छन् । रोग तथा कीराका कारण पोटाउन थालेको धानबाली सुक्न थालेपछि कृषकहरु के खाने भन्ने चिन्तामा परेका छन् ।

 

कीटनासक औषधि छर्दा पनि रोग तथा कीरा नियन्त्रणमा नआएको कृषकले बताएका छन् ।

रोग तथा कीराको प्रकोप नियन्त्रणमा नआए आफूहरुले लगाएको २० हजार हेक्टरभन्दा बढी धानखेतमा क्षति पुग्ने कृषकहरुको गुनासो छ । केही दिनअघि आएको बाढीले बगाएर बचेको धानखेतमा कीरा लागेपछि कृषक समस्यामा परेका छन् ।

 

जिल्ला कृषि विकास कार्यालय सुनसरीले भने रोग तथा कीरा नियन्त्रणका लागि कृषि कार्यालयसँग कुनै कार्यक्रम नभएको जनाएको छ । धानखेतमा कीरा लागेको भन्दै धेरै कृषकले गुनासो गरिरहे पनि कृषि कार्यालयले केही गर्न नसक्ने प्रमुख राजकान्त झाले बताए ।

 

कृषकले धानबाली नष्ट भएको बारे गुनासो गरिरहँदा कृषि कार्यालयले ‘कार्यक्रम नभएको’ भन्दै पन्छिनु गैरजिम्मेवारीको पराकाष्टा नै हो । तसर्थ, कृषि विकास कार्यालयले रोग तथा कीरा नियन्त्रणका लागि तत्काल पहल अघि बढाउँदै खाद्यान्नका लागि धानबालीमा आश्रित कृषकलाई राहत दिन जरुरी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);